काठमाडौँ प्रहरीले प्रहरीमाथि आक्रमण, सार्वजनिक सम्पत्तिमा आगजनी र हतियार लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
काठमाडौँ– जिल्ला प्रहरी परिसर, काठमाडौँले प्रहरीमाथि आक्रमण, सार्वजनिक सम्पत्तिमा आगजनी र हतियार लुटपाट गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।
प्रहरी उपरीक्षक तथा सूचना अधिकारी पवनकुमार भट्टराईका अनुसार भदौ २४ गतेको प्रदर्शनका क्रममा विभिन्न आपराधिक कार्यमा संलग्न रहेका ४८ वर्षीय गौतम घिसिङलाई नियन्त्रणमा लिइएको हो। घिसिङको स्थायी ठेगाना दोलखा, शैलुङ गाउँपालिका–१ हो भने हाल उनी काठमाडौँ महानगरपालिका–३२ जडीबुटीमा बस्दै आएका थिए।
घिसिङले प्रदर्शनका क्रममा प्रहरी वृत्त नयाँ बानेश्वरमा आगजनी गर्ने, प्रहरी टोलीमाथि आक्रमण गरी बर्दी खोल्न लगाउने र बागमती खोलामा सांगातिक आक्रमण गर्ने जस्ता कार्य गरेको पाइएको प्रहरीले जनाएको छ। उनले कर्तव्य पालनमा खटिएका प्रहरीको हतियार र गोलीगट्ठासमेत लुटपाट गरेको भट्टराईले बताए।
पक्राउ परेका घिसिङलाई काठमाडौँ जिल्ला अदालतबाट 'ज्यान मार्ने उद्योग' र ‘आपराधिक उपद्रव गर्न नहुने कसूर’मा आठ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ। अनुसन्धानका क्रममा घिसिङ यसअघि २०७९ असोज ४ र २०७९ फागुन १० गते प्रहरी वृत्त गौशालाबाट बैंकिङ कसुरमा मुद्दा दर्ता भई फरार रहेकोसमेत खुलेको सूचना अधिकारी भट्टराईले जनाए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
