हाल उपत्यकाका ६०–७० स्थानमा मापसे चेकिङ भइरहेको छ। चाडपर्वका बेला मापसे गरेर सवारी चलाउँदा हुने जोखिम कम गर्न विशेष चेक प्वाइन्ट खडा गरी जाँच पनि गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
काठमाडौँ– गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण ट्राफिक प्रहरीले ठूलो क्षति बेहोर्नुपर्यो। आन्दोलनपछि सेना ब्यारेक फर्किएपछि कतिपय ट्राफिक प्रहरीहरूले युनिफर्म र जुत्ताबिना नै सवारी व्यवस्थापनमा खटिनुपरेको थियो। यद्यपि, अहिले प्रहरीहरू पूर्णरूपमा पूर्ववत् अवस्थामा सेवा दिइरहेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारीका अनुसार, अहिले नियमित ट्राफिक चेकिङ र ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई जरिबाना तथा कारबाही प्रक्रिया शुरू भइसकेको छ। हाल उपत्यकाको ६० देखि ७० स्थानमा मापसे चेकिङ भइरहेको छ। चाडपर्वको समयमा मापसे गरेर सवारी चलाउँदा हुन सक्ने जोखिम न्यूनीकरण गर्न विशेष चेक प्वाइन्ट खडा गरी चेकजाँच बढाइएको छ।

“सरप्राइज चेकजाँच पनि हुन्छ। चाडपर्वको नाममा सुरक्षामा सम्झौता गर्न पाइँदैन,” अधिकारीले भने, “हामी कारबाहीभन्दा अघि सचेतनामा जोड दिन्छौँ। नागरिकले ‘म पनि बिनाबर्दीको प्रहरी हुँ’ भन्ने भावना राख्नुपर्छ।”
प्रहरीले ‘बाइक मोडिफाइ’ र चोरी नियन्त्रणमा पनि सक्रियता बढाएको छ। अधिकारीका अनुसार बढी जाम हुने ठाउँ लोकेट गरेर अतिरिक्त जनशक्ति पठाइनेछ, पार्किङको समस्यामा ध्यान दिइनेछ र स्पिड मापन गर्ने मेकानिज्मबाट कारबाही भइरहेको छ।

मापसे कक्षा तिहारलगत्तै शुरू हुने र हालसम्म चिट काटिएकाहरूले तिहारपछि कक्षा लिनुपर्ने उनको भनाइ छ। “ब्रेथलाइजर कम भएर चेकिङ कम भएको होइन, चेकिङ नियमित रूपमै भइरहेको छ,” उनले स्पष्ट पारे।
अधिकारीका अनुसार नागरिकले भवन मर्मत तथा पुनर्निर्माणमा देखाएको सदाशयताले प्रहरीको मनोबल बढेको छ। मनोबल अझै बढाउन ‘रिफ्रेसमेन्ट’ कार्यक्रमहरू, फिल्म हेर्न जाने र हाइकिङ जाने जस्ता आन्तरिक कार्यक्रम सञ्चालन भइरहेका छन्।

जेनजी आन्दोलनले कुल ७८ ट्राफिक युनिटमा क्षति पुर्याएकोमा ६ वटाबाहेक सबै ठाउँमा पुनर्स्थापना भइसकेको छ। “जसको कागजात रेकर्डेड छैन, उनीहरूले अनलाइन आवेदन दिए सिफारिस दिन्छौँ, जुन यातायात कार्यालयमा गएर बनाउन सकिन्छ,” अधिकारीले भने।
तर, यातायात व्यवस्था विभागको सर्भर र ‘नागरिक एप’ दुवैले काम नगर्दा हाल अनलाइन सेवा बन्द छ। सबै कार्यहरू भौतिक रूपमै भइरहेका छन्। –नेपाल फोटो लाइब्रेरी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
