ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्।
नुवाकोट– ककनी गाउँपालिका–१ स्थित जलकुनीमा आज आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्। आगलागीबाट नगद, गरगहनासहित अन्नबाली, लत्ताकपडा, भाँडावर्तनलगायत सामग्री पनि जलेर नष्ट भएका छन्।
आगलागीमा परी एक करोड रुपैयाँ बराबरको धनसम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए। उनका अनुसार बलराम बलामीको घरबाट शुरू भएको आगलागी जोडिएको घरमा पनि फैलिएको थियो।
“विद्युत् गडबढका कारण आगलागी हुँदा नगद रु १० लाखसहित रु २५ लाख बराबरको सुनचाँदीको गरगहना, रु १८ लाख बराबरको अन्नबाली र भाँडावर्तनसहित ढुंगामाटोले बनेका दुईवटा घर पूर्ण क्षति भएको छ,” प्रनाउ लामाले भने, “स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ।”
घरबासविहीन भएका पीडित परिवारलाई ककनी गाउँपालिकाले तत्कालका लागि अस्थायी संरचनाको निर्माण गरेर बस्ने प्रबन्ध मिलाएको छ। जिल्ला प्रशासनबाट नगद र रेडक्रस नुवाकोट शाखामार्फत गैह्रखाद्य (बन्दोबस्ती) सामग्री उपलब्ध गराउन सिफारिस गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
