अन्तर्राष्ट्रिय चेस महासंघले पनि उनको निधनले यस खेल क्षेत्रमा ठूलो क्षति पुगेको जनाएको छ।
काठमाडाैँ– अमेरिकी चेस ग्रान्डमास्टर तथा अनलाइन कमेन्टेटर डेनियल नारोदित्स्कीको २९ वर्षको उमेरमा निधन भएको छ।
उनको परिवारले सोमबार चार्लोट चेस सेन्टर मार्फत एक विज्ञप्तिमा उनको 'अप्रत्याशित' निधनको घोषणा गरेको छ। विज्ञप्तिमा उनको मृत्यु कसरी भयो भन्ने बारेमा कुनै विवरण दिइएको छैन।
"गहिरो दुःखका साथ हामी डेनियल नारोदित्स्कीको अप्रत्याशित निधनको घोषणा गर्दछौं। डेनियल एक प्रतिभाशाली चेस खेलाडी, कमेन्टेटर र शिक्षक थिए," विज्ञप्तिमा भनिएको छ, "चेस समुदायका एक प्रिय सदस्य थिए, जसलाई विश्वभरका प्रशंसक र खेलाडीहरूले सम्मान गर्थे।"
अमेरिकी र अन्तर्राष्ट्रिय चेस महासंघहरू साथै धेरै पेशेवर खेलाडीहरूले डेनियल नारोदित्स्कीलाई श्रद्धाञ्जलि अर्पण गरेका छन्।

पाँच पटकका अमेरिकी चेस च्याम्पियन हिकारु नाकामुराले यो खबरले आफूलाई 'स्तब्ध' पारेको बताएका छन्। "यो चेस संसारको लागि ठूलो क्षति हो," नाकामुराले सामाजिक सञ्जाल पोस्टमा भनेका छन्। नारोदित्स्कीका नजिकका साथी पनि रहेका नाकामुराले बीबीसीलाई भने, "उनले लाखौं मानिसहरूलाई चेस खेल्न प्रेरित गरे। धेरै मानिसहरूले उनका भिडियोहरू मन पराए।"
यस्तै, अन्तर्राष्ट्रिय चेस महासंघले पनि उनको निधनले ठूलो क्षति भएको जनाएको छ। "उनले अनलाइन चेस सामग्री लोकप्रिय बनाउनमा महत्वपूर्ण भूमिका खेले," महासंघले भनेको छ।
नारोदित्स्कीले छ वर्षको उमेरदेखि आफ्ना दाइको प्रेरणाबाट चेस खेल्न शुरू गरेका थिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
