पश्चिमी वायुको प्रभावले बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै अन्य केही पहाडी भूभागमा वर्षाको सम्भावना छ। बाँकी स्थानमा मौसम सफा रहनेछ।
काठमाडौँ- बुधबार कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव हुँदा ती क्षेत्रमा पानी पर्ने सम्भावना छ। त्यसबाहेक, देशभरका पहाडी भू भागमा पनि आंशिक बदलीको सम्भावना छ।
जल तथा मौसम विभागका अनुसार, आज कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाल भेगका एकदुई ठाउँमा हिमपातको पनि सम्भावना छ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू भागका एक दुई स्थानमा पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।
त्यस्तै, बुधबार राति सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सफा रहने छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।
भाइटीकाको दिन बिहीबार पश्चिमी वायुको सामान्य प्रभावले पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदलीसम्म हुने सम्भावना छ। जसका कारणले कोशीका पहाडी क्षेत्र र मधेशका एक-दुई ठाउँमा वर्षा हुने सम्भावना छ।
बिहीबार टीकाको समयमा भने मौसम प्रणालीको उल्लेखनीय प्रभाव नहुँदा वर्षाको सम्भावना कम छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
