उत्तर कोरियाले पाँच महिनापछि पुन: दक्षिण कोरियाको भूमि लक्षित गरेर ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। तर केहीबाहेक ती क्षेप्यास्त्र कहाँ खसे भन्ने यकिन हुन सकेको छैन।
उत्तर कोरियाले दक्षिण कोरियाको भूमितर्फ लक्षित गर्दै बुधबार बिहान ब्यालिस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ। उत्तर कोरियाले पाँच महिनापछि पुन: क्षेप्यास्त्र परीक्षण गरेको हो।
उसले धेरै छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनालाई उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। उत्तर कोरियाले आफ्नो पूर्वी तटको पानीतर्फ क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको थियो।
उत्तर कोरियाले दक्षिण कोरियामा आयोजना हुने एसिया-प्रशान्त आर्थिक सहयोग (एपेक) शिखर सम्मेलनको एक हप्ताअघि क्षेप्यास्त्र प्रक्षेपण गरेको हो। उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पसहित अन्य देशमा नेताहरू दक्षिण कोरियाली शहर ग्योङ्जुमा भेला हुनेछन्।
उत्तर कोरियाको राजधानी प्योङयाङको दक्षिणमा रहेको क्षेत्रबाट प्रहार गरिएका क्षेप्यास्त्रहरू उत्तरपूर्वी दिशामा लगभग ३५० किलोमिटर (२१७ माइल) उडेको, तर कहाँ अवतरण भएको थियो भन्ने नखुलेको सञ्चारमाध्यमहरूले जनाएका छन्। दक्षिण कोरियाको सेनाका अनुसार केही छोटो दूरीका ब्यालिस्टिक क्षेप्यास्त्र भएको र जापान सागर (पूर्वी सागर) तर्फ प्रक्षेपण गरिएको थियो।
उत्तर कोरियाबाट थप क्षेप्यास्त्र प्रक्षेपणा हुनसक्ने भन्दै सेनाले निगरानी बढाएको दक्षिण कोरियाली सञ्चारमाध्यमहरूले जनाएका छन्। समाचार एजेन्सीहरूका अनुसार, उत्तर कोरियाले यही वर्ष मे ८ र मे २२ मा पनि छोटो दूरीका ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रहरू पूर्वी सागरतर्फ प्रक्षेपण गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
