अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सफल बनाउन पार्टीका सांसदलाई २६ गते एक मिनेट पनि ढिलाइ नगरी संसद्मा उपस्थित निर्देशन दिए।
काठमाडौँ– सत्तारूढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुस २६ गते सरकारलाई विश्वासको मत दिने दिन तोकिएको समयमै संसद्मा उपस्थित हुन पार्टीका सांसदलाई निर्देशन दिएका छन्।
अध्यक्ष ओलीले पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिएर सफल बनाउन पार्टीका सांसदलाई २६ गते एक मिनेट पनि ढिलाइ नगरी संसद्मा उपस्थित निर्देशन दिएका हुन्। शनिबारबाट काठमाडौँमा शुरू भएको प्रशिक्षण कार्यक्रममा बोल्दै उनले नेपालीको बलजफतीबाट वर्तमान सरकार बनेको उल्लेख गर्दै त्यसलाई सफल र प्रभावकारी बनाउन आफूले चाहेको पटक पटक बताए।
"२५ गते पहिलो दिन, २६ गते विश्वासको मत दिने, यस्ता दिनहरूमा एक मिनेट पनि ढिला हुनुहुन्न। समयभित्रै आउने र विश्वासको मत दिने काम गर्नुपर्छ", उनले भने, "यो नेपालीले बलजफती बनाएको सरकार हो। यो सरकारलाई हामी सफल सरकार बनाउन चाहन्छौँ।"
अध्यक्ष ओलीले पार्टी संसदीय दलको बैठक र अन्य सबै संसदीय गतिविधिका कामलाई प्राथमिकता दिन सांसदलाई सचेत गराए। उनले सांसदले समय सीमालाई हेक्का राखेर अघि बढ्नुपर्ने बताए। "संसदीय अन्य गतिविधिमा जति बजे बोलाइएको छ, त्यति बजे उपस्थित हुनुपर्छ। समय सीमाको पालना गर्नु पर्दछ। त्यसमा सबै साथीले ध्यान दिनु पर्दछ", उनले भने।
अध्यक्ष ओलीले सरकार ढाल्नका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अधिकतम प्रयास गरिरहेको उल्लेख गर्दै त्यसलाई सफल हुन नदिने दृढतासमेत व्यक्त गरे। उनले वर्तमान सरकारले सुशासन र मुलुकको विकासका निम्ति दृढतापूर्वक अघि बढोस् भन्ने आफ्नो पार्टीको चाहना रहेको उल्लेख गरे।
अध्यक्ष ओलीले वर्तमान सरकारले विश्वासको मत नपाए प्रतिनिधिसभामा सबैभन्दा ठूलो दलका हैसियतले कांग्रेसले सरकार बनाउने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
