उनको यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
थाइल्यान्डकी हालै पदच्युत पूर्वप्रधानमन्त्री पेटोङटार्न सिनावात्राले आफ्ना पिता, पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको फेउ थाई पार्टी प्रमुखबाट बुधबार राजीनामा दिएकी छन्।
यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ संकेत गरेको राजनीतिक विश्लेषकहरूले बताएका छन्।
३९ वर्षीया पेटोङटार्नले प्रधानमन्त्रीको रूपमा एक वर्ष पनि पूरा गर्नुअघि नै कम्बोडियासँगको सीमा विवादमा देखिएको भनिएको नैतिकता उल्लंघनको आरोपका कारण गत अगस्टमा अदालतले उनलाई पदबाट बर्खास्त गरेको थियो।
थाक्सिन सिनावात्रा परिवार पछिल्लो दुई दशकदेखि थाइल्यान्डको सैन्य समर्थक र शाही अभिजात वर्गको प्रमुख प्रतिद्वन्द्वी रहँदै आएको छ। ती वर्गले सिनावात्रा परिवारको लोकप्रियतावादी राजनीति परम्परागत सामाजिक संरचनाका लागि खतरा भएको आरोप लगाउँदै आएका छन्।
तर हालका वर्षहरूमा सिनावात्रा परिवारले कानूनी र राजनीतिक रूपमा कठिन चरणको सामना गर्दै आएको छ। ७६ वर्षीया थाक्सिनले आफ्नै शासनकालमा भएका भ्रष्टाचारका मुद्दामा जेल सजाय भोगिरहेका छन्। यसले परिवारमाथि थप दबाब सिर्जना गरेको छ।
फेउ थाई पार्टीले बुधबार जारी गरेको विज्ञप्तिमा पेटोङटार्नको राजीनामा औपचारिक रूपमा स्वीकृत गरेको उल्लेख छ। विज्ञप्तिमा उनले भनेकी छन्, “मेरो राजीनामाले पार्टीलाई पूर्ण रूपमा सुधार गर्न मद्दत गर्नेछ र अन्ततः हामी पुनः चुनाव जित्न सक्षम हुनेछौँ।”
उनले पार्टीको साधारण सदस्यका रूपमा रहँदै ‘हाम्रो थाइल्यान्डका लागि निरन्तर कडा परिश्रम गर्ने’ प्रतिबद्धता व्यक्त गरेकी छन्।
थाक्सिनले सन् १९९० को दशकको उत्तरार्धमा फेउ थाईको पहिलो रूप थाई राख थाई पार्टी स्थापना गरेका थिए। उनलाई सन् २००६ को सैनिक विद्रोहमा पदच्युत गरिएपछि एक दशकभन्दा बढी समय निर्वासनमा बस्नुपरेको थियो।
पेटोङटार्न आफ्ना पिता थाक्सिन र काकी यिङलक सिनावात्रापछि प्रधानमन्त्री बन्ने तेस्री सिनावात्रा हुन्। उनी हाल पनि सक्रिय रूपमा राजनीतिमा संलग्न परिवारकी अन्तिम सदस्य मानिन्छन्।
राजनीति विश्लेषकहरूको भनाइमा उनको राजीनामाले थाइल्यान्डको राजनीतिमा सिनावात्रा परिवारको प्रभाव क्रमशः क्षीण हुँदै गएको संकेत गर्छ। तथापि, कतिपयले भने अझै पनि फेउ थाई पार्टीको पछाडि परिवारको प्रभाव कायम रहेको विश्वास गर्छन्।
“फेउ थाईको नेतृत्व जोसुकैले गरे पनि यसको वास्तविक नियन्त्रण सधैँ ब्याकरुममा सिनावात्रा परिवारकै हातमा रहनेछ,” सुखोथाई थम्माथिरत ओपन युनिभर्सिटीका राजनीति विज्ञ युटापोर्न इसाराचाईले भने।
उनका अनुसार अदालतले पेटोङटार्नलाई पदबाट हटाएपछि पार्टीलाई कानूनी जोखिमबाट जोगाउनकै लागि उनको राजीनामा मुख्य रूपमा आवश्यक भएको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
