मगर समुदायले देउसी भैलोसँगै झौरे नाच, मारूनी लगायतको नाचगान गरि तिहार मनाउने गरेका छन्।
काठमाडाैँ– हिन्दूहरूको दोश्रो महानचाड तिहार शुरू भइ सकेको छ। तिहारको विशेष पक्ष भनेको देउसी भैलो र यम पञ्चक पनि भनिने तिहारको पाँच दिन विभिन्न जनावरलाई पुज्ने समेत गरिन्छ। अहिले काठमाडाैँ उपत्यका लगायत देशदेखि विदेशसम्म देउसी भैलो गुन्जिन थाली सकेको छ।

यही अवसरमा हरेक वर्ष मगर भेजा समाज नेपालले पनि विभिन्न कार्यक्रम गरी देउसी भैलो कार्यक्रम आयोजना गर्दै आएको छ। परम्परागत देउसी भैलोसँगै झौरे नाच, मारूनी लगायतको नाचगान प्रस्तुत गरी देउसी भैलो खेल्दै आएको समाजका अध्यक्ष खिमबहादुर थापा मगरले जानकारी दिए।

गाउँघरमा जस्तो नभए पनि तिहारमा विभिन्न आफन्त र व्यक्तिहरूको घरघरमा गएर देउसी खेल्दै आएको र पछिल्लो समय आफ्नो परम्परा, संस्कृति लोप हुँदै गएकोमा नयाँ पुस्तालाई पनि देउसी भैलो लगायतका संस्कृति बारेमा जानकारी दिने उद्देश्यले पनि मगर भेजा समाजले हरेक वर्ष यस्तो कार्यक्रम आयोजना गरेको मगरले बताए।





तस्वीरहरू: नेपाल फोटो लाइब्रेरी
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
