नेपाल संवतलाई विशेष रूपमा नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्।
काठमाडौँ– नेपाल संवत् ११४६ प्रारम्भ भएको खुसीयालीमा आज राजधानीलगायत देशभरका मुख्य शहरमा शुभकामना र्याली निकालिएको छ।
विविध सांस्कृतिक झाँकीसहित विभिन्न कार्यक्रमका साथ ‘न्हूदँया भिन्तुना’ भन्दै कतै मोटरसाइकल, कतै साइकल तथा कतै पैदलयात्रामा र्याली निकालिएको हो। राजधानीका विभिन्न स्थानमा आज निकालिएको र्यालीले शहर परिक्रमा गरेको छ। साथै विभिन्न ठाउँमा सांगीतिक कार्यक्रम पनि आयोजना गरिएका छन्।

नेपाल संवतलाई विशेष रूपमा नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका छन्। राष्ट्रिय विभूति शङ्खधर साःख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋणमोचन गरी नेपाल संवतको शुरू गराएका थिए। नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतको मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले बताए।
“लिच्छविकालका राजा राघवदेवको शासनकालबाट शुरू भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो, लिच्छविकाल अघि शङ्ख संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो,” उनले भने।
विसं २००७ मा प्रजातन्त्रको स्थापना भएपछिदेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ। नेपाल संवतलाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वर, चौतारालगायत नेवार समुदायको बाहुल्यता रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
