मायादेवी गाउँपालिका-१ स्थित गाउँमै मंगलबार भएको दुर्गलक्ष्मी पूजाको मूर्ति विसर्जनमा गएका दुई बालकसहित ३ जनाको बुधबार मृत्यु भएपछि ठूलो दुवियाटोलमा अहिले शोक छाएको छ।
काठमाडौँ- रुपन्देहीको मायादेवी गाउँपालिका-१ का तीन जनाको डुबेर मृत्यु भएको छ। मूर्ति विसर्जन गर्न गैडहवा गाउँपालिकाको-६ सूर्यपुरास्थित दानव र कञ्चन नदीको संगमस्थल सन्तेश्वर घाट पुगेका उनीहरूको बुधबार दिउसो ३ बजे डुबेर मृत्यु भएको हो।
रुपन्देही प्रहरीका अनुसार, मृत्यु हुनेमा मायादेवी गाउँपालिका १ का रोहित हरिजन (२८), दीपु हरिजन (१५) र अजय हरिजन (१३) छन्। रोहित र अजय काका भतिजा हुन्। दीपु भने उनीहरूको छिमेकी हुन्।
गाउँमै मंगलबार दुर्गालक्ष्मीको पूजा भएको थियो। उक्त पूजामा स्थापना गरिएको मूर्ति बिसर्जनका लागि गैडहवा गाउँपालिका-६ सूर्यपूरा पुगेका स्थानीयको ठूलो भिड थियो। त्यही क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि प्रहरी र स्थानीयले खोजी गरेका थिए। तीनैजनाको शव करिब २०० मिटर तल फेला परेको थियो।
उनीहरुको शव पोष्टमार्टमका लागि भीम अस्पताल भैरहवामा राखिएको छ। पोष्टमार्टमपछि तीनैजनाको आजै अन्त्येष्टि हुनेछ।
घटनापछि गाउँमा शोक छाएको र दीपावलीको रौनक सकिएको बताएका छन्। शोकका कारण दिपावलीपछिको छठमा पनि अब गाउँमा रौनक नहुने उनीहरू बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
