कांग्रेस महामन्त्री थापाले संसद्का दोस्रो, तेस्रो लगायतका दलले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा पार्टीले सरकारलाई विश्वासको मत नदिने बताए।
काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत नदिने बताएका छन्।
शनिबार कांग्रेसको संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै महामन्त्री थापाले संसद्का दोस्रो, तेस्रो लगायतका दलले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा पार्टीले सरकारलाई विश्वासको मत नदिने स्पष्ट पारेका हुन्।
"नेपाली कांग्रेस अहिले विश्वासको मतको खिलाफमा उभिन्छ, प्रतिपक्षमा बस्छ भन्ने कुरा स्पष्ट छ", उनले भने। पार्टीको औपचारिक निर्णय भने पुस २६ गतेको बैठकले नै तय गर्ने उनको भनाइ छ।
उनले अन्य दलहरू मिलेर गठबन्धन बनाएर साझा उम्मेदवार उठाइरहेको बेलामा कांग्रेसले विश्वासको मत दिन्छ भन्ने सोचेर नबस्न आग्रह गरे। उनले कांग्रेस प्रतिपक्षमै बसेर आफ्नो जिम्मेवारी पूरा गर्ने बताए।
महामन्त्री थापाले पुस २८ गते बस्ने कांग्रेसको केन्द्रीय समिति बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल गर्ने बताए। गठबन्धन गरेकोदेखि गठबन्धनलाई टिकाउन नसकेको बारेमा पनि केन्द्रीय समितिको बैठकमा गहन, खुला र पारदर्शी छलफल हुने उनको भनाइ छ।
"बैठकमा निर्वाचनको, राजनीतिक घटनाक्रमको निर्मम ढंगले समीक्षा गर्छौं, गठबन्धन गर्नेदेखि गठबन्धन टिकाउन नसक्नेसम्म खुला र पारदर्शी रूपमा छलफल गर्नेछौँ", उनले भने।
महामन्त्री थापाले नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर कांग्रेसको प्रतिष्ठामाथि आँच पुर्याउन खोजेको बताए। जनता समाजवादी पार्टी, नेपाल र नेकपा एकीकृत समाजवादीका अध्यक्षसँग पार्टी सभापति शेरबहादुर देउवाले गरेको भेट शीर्ष नेताबीचको सामान्य भेटघाट भएको स्पष्ट पारे। उनले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गरेको भन्ने कुरा निराधार रहेको बताए।
महामन्त्री थापाले केन्द्रीय समितिको बैठकबाट नीति अधिवेशनको तिथि, मिति र ठाउँ तय हुने पनि बताए। उनले नीति अधिवेशन कसैले मागेको नभई आफ्नो गर्ने कामको बारेमा जानकारी गराएको बताए। केही समयअघि पार्टी महामन्त्री थापा र विश्वप्रकाश शर्माले नीति अधिवेशनको माग गरेको खबर बाहिरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
