संघीय संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिका र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमा बैठकमा जानकारी गराइएको मुख्य सचेतक लेखकले बताए।
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसद्मा दलको भूमिका सशक्त र प्रभावकारी बनाउन एकताबद्ध भएर काम गर्ने निर्णय गरेको छ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले त्यसका लागि तयारी गर्न सांसदलाई निर्देशन दिएको पार्टीका मुख्य सचेतक रमेश लेखकले जानकारी दिए।
“सिङ्गो पार्टी एकताबद्ध र एकढिक्का भएर प्रतिनिधिसभामा सशक्त भूमिका निर्वाह गर्ने निर्णय भएको छ”, उनले भने। बैठकले नेपाली कांग्रेसलाई सबैभन्दा ठूलो दलका रूपमा प्रतिनिधिसभामा विजयी गराएकोमा मतदाताप्रति आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गरेको छ। बैठकले पार्टीका नेता तथा कार्यकर्ताले दललाई हालको भूमिकामा पुर्याउन योगदान दिएकामा पनि धन्यवाद दिएको छ ।
स्थानीय तहको निर्वाचनपछि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन सम्पन्न गरेकामा कांग्रेस नेतृत्वको निवर्तमान सरकारलाई आभार व्यक्त गरेको मुख्य सचेतक लेखकले जानकारी दिए। “निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी र सञ्चारगृहप्रति उच्च सम्मान प्रकट गरेको छ”, उनले भने।
बैठकले संविधानसभा सदस्य तथा पूर्वसांसद झुलबहादुर आले र मैयादेवी श्रेष्ठप्रति शोकप्रस्ताव पारित गरेको छ। कांग्रेसले प्रतिनिधिसभाको बैठक प्रारम्भ हुनुभन्दा पहिला केही महत्त्वपूर्ण जानकारी नवनिर्वाचित सांसदलाई दिनका लागि बैठक आयोजना गरेको हो। यही पुस २५ गते प्रतिनिधिसभाको बैठक बोलाइएको छ।
पुस २६ गते प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने छन्। त्यसको प्रक्रिया के हुन्छ र कसरी हुन्छ भन्नेबारेमा कांग्रेसले आफ्ना सांसदहरूलाई जानकारी गराएको हो। संघीय संसद्मा कांग्रेसले निर्वाह गर्ने भूमिका र त्यसका लागि गर्नुपर्ने तयारीका बारेमा समेत बैठकमा जानकारी गराइएको मुख्य सचेतक लेखकले बताए।
संसदीय दलको अर्को बैठक यही पुस २६ गते संसद् भवन बानेश्वरको ल्होत्से हलमा बस्नेछ। “विश्वासको मतको प्रस्तावका बारेमा त्यही बैठकबाट निर्णय हुनेछ”, मुख्य सचेतक लेखकले भने, “हामी कुनै नयाँ गठबन्धन बनाउने र अहिलेको भत्काउने कामका लागेका छैनौँ।”
बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, नेता डा. शेखर कोइरालालगायत पदाधिकारी एवं संघीय संसद्का सांसद सहभागी थिए। निर्वाचनबाट कांग्रेसले प्रतिनिधिसभामा ८९ सिट जितेर सबैभन्दा ठूलो दल बने पनि प्रतिपक्षमा बस्नुपर्ने अवस्था छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
