हत्या अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।
कास्की– पोखरा महानगरपालिका–५ प्रस्र्याङमा शनिबार बिहान सामान्य विवादमा भएको कुटपिटबाट ४५ वर्षीय अनिल पराजुलीको मृत्यु भएको छ । प्रहरीका अनुसार उनको बिहान ४ः३० बजे हत्या भएको हो।
हत्या अभियोगमा प्रहरीले सोही ठाउँका अन्दाजी २३ वर्षीय ईश्वर तिमिल्सिनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए।
प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार सामान्य विवादले उग्र रूप लिँदा तिमिल्सिनाले पराजुलीलाई कुटपिट गरेका थिए। “प्रारम्भिक सोधपुछमा सामान्य विवादमा आक्रमण गरी हत्या गरिएको देखिएको छ,” उनले भने “आक्रमणकारीलाई नियन्त्रणमा लिई घटनाको थप अनुसन्धान र सोधपुछ भइरहेको छ।”
पक्राउ परेका तिमिल्सिनाको साथबाट चक्कु बरामद भएको प्रहरीले जानकारी दिएको छ। तिमिल्सिनालाई प्रहरीले घरनजिकैबाट नियन्त्रणमा लिएको थियो। मृतक पराजुलीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको प्रहरीको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
