मनाङमा लेक लागेर भरियाको मृत्यु

मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर शनिबार एक जनाको मृत्यु भएको छ।

मनाङ– मनाङ नार्पाभूमि गाउँपालिका–४ काङ्ला फेदीबाट पर्यटकको भारी बोकेर फर्कने क्रममा लेक लागेर शनिबार एक जनाको मृत्यु भएको छ। मृत्यु हुने ४८ वर्षीय डिलबहादुर गुरुङ लमजुङको कोलोसोथर गाउँपालिका–४ का रहेको प्रहरीले जनाएको छ।

लेक लागेर बिरामी भएका गुरुङको शनिबार नै हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल पठाइएको थियो। तर, चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) नवराज पौड्यालले जानकारी दिए।

यसअघि, नार्पाभूमि–४ याकखर्कमा पर्यटकको भारी बोकी फर्कने क्रममा नुवाकोट किस्पाङ गाउँपालिका–११ का ४९ वर्षीय साम्बा घलेको शुक्रबार लेक लागेर घटनास्थलमा नै मृत्यु भएको थियो ।