चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने ईयूको घोषणा

अप्रिलदेखि बेइजिङले केही निश्चित निर्यातका लागि लाइसेन्स अनिवार्य गरेको छ, जसले विश्वव्यापी उत्पादन क्षेत्रहरूमा तरंग सिर्जना गरेको छ।

बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप प्रतिबन्ध लगाउने घोषणा गरेसँगै युरोपेली संघ (ईयू)ले चीनबाट दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्न काम गरिरहेको ईयू प्रमुख उर्सुला भोन डेर लेयनले शनिबार बताएकी छन्।

विश्वको सबैभन्दा धेरै दुर्लभ खनिज उत्पादन गर्ने मुलुक चीनले खनिज प्रविधिको निर्यातमा लगाएको नयाँ नियन्त्रणका कारण ईयूका केही कम्पनीहरूलाई उत्पादन रोक्न बाध्य पारेको र आर्थिक नोक्सान पुगेको ईयूले जनाएको छ।

ईयू प्रमुख भोन डेर लेयनले भनिन्, “यसको उद्देश्य हाम्रा युरोपेली उद्योगहरूका लागि छोटो, मध्यम र दीर्घकालीन रूपमा महत्वपूर्ण कच्चा सामानको वैकल्पिक स्रोतहरूमा पहुँच सुरक्षित गर्नु हो।”

अप्रिलदेखि बेइजिङले केही निश्चित निर्यातका लागि लाइसेन्स अनिवार्य गरेको छ, जसले विश्वव्यापी उत्पादन क्षेत्रहरूमा तरंग सिर्जना गरेको छ।

चीनले यसै महिना अटो, इलेक्ट्रोनिक्स र रक्षा उद्योगका लागि म्याग्नेटलाई महत्त्वपूर्ण बनाउन प्रयोग गरिने दुर्लभ खनिज प्रविधिको निर्यातमा नयाँ नियन्त्रणको घोषणा गरेको छ।

भोन डेर लेयनका अनुसार ईयू योजनाको एक महत्त्वपूर्ण शुरूआत पुनः प्रशोधन हुनेछ। उनले थपिन्, "केही कम्पनीहरूले ९५ प्रतिशत महत्त्वपूर्ण कच्चा माल र ब्याट्रीहरू पुन: प्रयोग गर्न सक्छन्।”

उनले ईयू समूहले 'महत्वपूर्ण कच्चा पदार्थको उत्पादन र प्रयोगपछिको पुनः प्रशोधन प्रक्रिया'मा पनि ध्यान केन्द्रित गर्ने बताइन्। साथै, ईयूले युक्रेन, अष्ट्रेलिया, क्यानाडा, कजाकिस्तान, उज्बेकिस्तान, चिली र ग्रीनल्याण्डजस्ता देशहरूसँग महत्वपूर्ण कच्चा माल खरिदका लागि साझेदारी गर्ने योजना बनाएको पनि उनले जानकारी दिइन्।