भुटनिज युथ स्पोर्स्ट्स क्लबलाई ३-२ गोल अन्तरले हराउँदै आहा रारा पोखरा गोल्डकपको २२औँ संस्करणको उपाधि संकटा क्लबले जितेको छ।
काठमाडौँ– आहा रारा पोखरा गोल्डकपको २२औँ संस्करणको उपाधि संकटा क्लबले उचालेको छ। शनिबार पोखरा रंगलाशामा भएको फाइनल खेलमा भुटनिज युथ स्पोर्स्ट्स क्लब(बीवाईएससी)लाई ३-२ गोल अन्तरले हराउँदै संकटाले उपाधि उचालेको हो।
संकटाले खेलको सातौँ मिनेटमा अग्रता लिएको थियो। सुरजज्यु ठकुरीको गोलमा संकटाले अग्रता लिएको हो। खेलको ३४ मिनेटमा मेसुके ओलामाउले गोल गर्दै अग्रतालाई दोब्बर बनाए।
तर, ३६ मिनेटमा नै बीवाईएससीका रेने स्यान्टिलनले गोल फर्काए। त्यस्तै, पहिलो हाफको इन्जुरी समयमा बीवाईएससीका विलिस ग्रिफिथले गोल गर्दै खेललाई २-२ गोलको बारबरीमा ल्याए।
दोस्रो हाफमा दुवै टोलीले गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। रेफ्री प्रज्ज्वल क्षेत्रले ३० मिनेट अतिरिक्त समय थपेका थिए। अतिरिक्त समयको २६औँ मिनेटमा संकटाका कप्तान सुनील वलले गोल गर्दै टोलीलाई जित दिलाए।
यो जितसँगै संकटाले दोस्रो पटक आहा रारा पोखरा गोल्डकपको उपाधि चुमेको हो। यसअघि संकटाले २०७७ मा उपाधि जितेको थियो।
प्रतियोगिताको विजेता संकटाले १३ लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बीवाईएससीले ६ लाख प्राप्त गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
