इजरायल–हमास युद्धमा हमासद्वारा अपहरणपश्चात् ज्यान गुमाएका विपिन जोशीको सम्झनामा 'विपिन चोक' नामकरण गरिएको छ।
महेन्द्रनगर– इजरायल–हमास युद्धमा हमासद्वारा अपहरणपश्चात् ज्यान गुमाएका विपिन जोशीको सम्झनामा 'विपिन चोक' नामकरण गरिएको छ।
शनिबार साँझ एक कार्यक्रमका बीच यहाँको भीमदत्त नगरपालिका–३ स्थित मालिकार्जुन टोलमा 'विपिन चोक' नामाकरण गरिएको हो। कार्यक्रममा विपिनको सम्झनामा दीप प्रज्वलनसहित टोलको नामाकरण गरिएको थियो।
कार्यक्रममा वडाध्यक्ष गगनसिंह धामीले विपिन वडाका पूर्वखेलाडीसमेत रहेकाले उनको सम्मानमा प्रत्येक वर्ष वडास्तरीय क्रिकेट प्रतियोगिता आयोजना गरिने बताए।
“साहसिक व्यक्तित्व स्व. जोशी सकुशल घर फर्किनेमा हामी दुई वर्षसम्म आशामा थियौँ, तर उहाँ आफू नरहेर साथीहरूको ज्यान जोगाउनुभयो” वडाध्यक्ष धामीले भने, “उहाँको सम्मानमा अब बन्ने वडा कार्यालयमा तस्वीर राख्ने र वडाबाट प्रतिनिधित्व गर्ने क्रिकेटका खेलाडीसमेत रहेकाले हरेक वर्ष प्रतियोगिता आयोजना गर्ने योजना बनाइने छ।”
वडाध्यक्ष धामीले हाल स्थानीयवासीको चाहनामा वडामा विपिन चोक नामाकरण गरिएको र अब नगरपालिकाको कार्यपालिका बैठकबाट औपचारिक निर्णयका लागि पहल गरिने बताए। दीप प्रज्वलन कार्यक्रममा विपिनकी बहिनी पुष्पा जोशीलगायत टोलीबासीको उपस्थिति रहेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
