एक हप्ता लामो एशिया भ्रमणका दाैरान ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेट गर्नेछन्। उनको यस भ्रमणलाई धेरै देशले चासोका साथ हेरिरहेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौताको हस्ताक्षर समारोहमा भाग लिन मलेसियाको राजधानी क्वालालम्पुर आइपुगेका छन्। यी दुई देशबीच लामो समयदेखि सीमा विवादका कारण द्वन्द्व चलिरहेको छ।
ट्रम्पले मलेसियामा हुने दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संघ (आसियान) शिखर सम्मेलनमा पनि भाग लिनेछन्।
ट्रम्प मलेसिया आइपुग्दा उनको स्वागतमा परम्परागत नृत्यको आयोजना गरिएको थियो, जहाँ उनले कलाकारहरूको समूहमा गएर उनीहरूसँगै नाचगान पनि गरे।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शिखर सम्मेलनमा व्यक्तिगत रूपमा उपस्थित हुने छैनन् र भर्चुअल रूपमा सामेल हुनेछन्।
ट्रम्पको व्यापारिक दबाबका कारण जुलाईको अन्त्यतिर थाइल्यान्ड र कम्बोडियाबीच पाँच दिनसम्म चलेको द्वन्द्वपछि युद्धविराम भयो जसमा दुई दर्जनभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो।
गत जनवरीमा राष्ट्रपतिको कार्यभार सम्हालेपछि ट्रम्प पहिलो पटक एशियाको भ्रमणमा रहेका छन्। शनिबार उनले गाजा शान्ति सम्झौतामा प्रमुख सहयोगी कतारका अमिर र प्रधानमन्त्रीसँग भेटवार्ता गरेका थिए। एशिया भ्रमणमा निस्केका ट्रम्पले इन्धन भर्ने छोटो बिसाैनीको क्रममा कतारका अमिर र प्रधानमन्त्रीलाई एयर फोर्स वानमा स्वागत गरेका हुन्। त्यस दाैरान उनले मध्यपूर्वको शान्ति स्थापनामा कतारको भूमिकालाई प्रकाश पारे।
यही भ्रमणका दाैरान उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेट गर्नेछन्। ट्रम्पको एक हप्ता लामो एशिया भ्रमणलाई धेरै देशले चासोका साथ हेरिरहेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
