तीन महिनामा सबैभन्दा बढी पेट्रोलियम पदार्थ आयात भएको छ। यसै अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन पनि आयात भएको छ।
काठमाडौँ– चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मुलुकले करिब चार खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको असोज मसान्तसम्मको वैदेशिक व्यापारको तथ्यांकअनुसार यो अवधिमा चार खर्ब ६८ अर्ब आठ करोड ३३ लाख रुपैयाँको आयात र ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरको निर्यात भएको छ। यसअनुसार असोज मसान्तसम्ममा कुल पाँच खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँको वैदेशिक व्यापारमा नेपालले तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँको व्यापार घाटा बेहोरेको छ।
गत तीन महिनामा छिमेकी मुलुक भारतसँगको व्यापारमा दुई खर्ब ५८ अर्ब ८७ करोड ८२ लाख रुपैयाँको आयात र ५९ अर्ब १२ करोड ८३ लाख रुपैयाँको निर्यात हुँदा नेपालले एक खर्ब ९९ अर्ब ७४ करोड रुपैयाँ बराबरको घाटा व्यहोरेको छ।
त्यस्तै, चीनसँगको असोज मसान्तसम्मको व्यापार घाटा एक खर्ब चार अर्ब ७० करोड रुपैयाँ पुगेको छ। चीनबाट एक खर्ब चार अर्ब ८९ करोड रुपैयाँको आयात हुँदा निर्यात भने जम्मा १८ करोड ६४ लाख रुपैयाँ बराबरको मात्रै भएको छ।
नेपालको सबैभन्दा बढी व्यापार नाफा (व्यापार बचत) डेनमार्कसँग रहेको छ। यस अवधिमा डेनमार्कबाट चार करोड एक लाख रुपैयाँको आयात र २८ करोड ९९ लाख रुपैयाँको निर्यात भएको हो। यसअनुसार डेनमार्कसँग २४ करोड ९८ लाख ३० हजार रुपैयाँ बराबरको व्यापार नाफा (बचत) भएको छ। जर्मनी, रोमानिया, स्विडेन, लेबनानलगायतका मुलुकसँग पनि नेपालको व्यापार नाफा बढी छ।
गत तीन महिनामा सबैभन्दा बढी आयात भएको वस्तु पेट्रोलियम पदार्थ हो। यस अवधिमा १६ अर्ब ७८ करोड ८७ लाख रुपैयाँको पेट्रोल, २० अर्ब ६९ करोड ४५ लाख रुपैयाँको डिजेल र १३ अर्ब ९८ करोड १९ लाख रुपैयाँको एलपी ग्यास आयात भएको छ। यसै अवधिमा १३ अर्ब ६२ करोड ७५ लाख रुपैयाँ बराबरको स्मार्टफोन पनि आयात भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
