राष्ट्रपति भण्डारीले शनिबार ललितपुरको पाटनढोका पुगी मदन पुरस्कार पुस्तकालय र ललितपुरमै रहेको पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वको पिम्बहा: पोखरीको अवलोकन गरेकी छन्।
काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले मदन पुरस्कार पुस्तकालयको अवलोकन गरेकी छन्।
राष्ट्रपति भण्डारीले साझा यातायातको विद्युतीय बसमा सवार भएर शनिबार ललितपुरको पाटनढोका पुगी सो पुस्तकालय र ललितपुरमा नै रहेको पुरातात्त्विक तथा ऐतिहासिक महत्त्वको पिम्बहा: पोखरीको अवलोकन गरेकी हुन्।
उनलाई ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र पुस्तकालयका अध्यक्ष कनकमणि दीक्षितले स्वागत गरेका थिए। पुस्तकालयको अवलोकन गर्ने क्रममा राष्ट्रपति भण्डारीले २०१५ सालको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टीको चुनावी घोषणा पत्रको एक थान लिएकी थिइन् भने स्वस्थानी व्रत कथा, गरुड पुराण लगायतका पुस्तकको ब्रिफिङ रुचिपूर्वक सुनेको ललितपुर महानगरपालिकाका मेयर महर्जनले जानकारी दिए।
मदन पुरस्कार पुस्तकालय नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ८५ हजारभन्दा बढी पुस्तकहरूको अभिलेख व्यवस्थापन गरिएको निजी क्षेत्रद्वारा सञ्चालित पुस्तकालय हो। यसको अवलोकन गर्ने राष्ट्रपति भण्डारीको यस अघिदेखिको चाहना रहेको र त्यो कोभिड लगायतका कारणले ढिलाइ हुन गएको मेयर महर्जनले बताए।
यसैबीच, राष्ट्रपति भण्डारीले ललितपुरमै रहेको पिम्बहा: पोखरीको पनि अवलोकन गरेकी थिइन्। त्यस अवसरमा उनलाई मल्लकालीन राजा सिद्धि नरसिंह मल्लले रचना गरेको धुन बजाएर सुनाइएको थियो।
राष्ट्रपति भण्डारीले ट्राफिक जामका कारण सर्वसाधारणले सास्ती पाउने अवस्था नआओस् भनेर बिदाको दिन पारेर सो पुस्तकालय र पोखरीको अवलोकन गरेको मदन पुरस्कार पुस्तकालयले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
