कात्तिक १ देखि ८ गतेसम्म २६ वटा मोटरसाइकल, आठ वटा स्कुटरसहित तेलको ट्यांकर तथा अटो रिक्सालगायत ६ वटा सवारीसाधन दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
नवलपुर (नवलपरासी)– तिहार अवधिमा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा भएका दुर्घटनाहरूमा चार जनाले ज्यान गुमाएका छन्। कात्तिक १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा २६ वटा सवारी दुर्घटना भएका थिए।
जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार, ती दुर्घटनाहरूमा परी ४८ जना घाइते भएका छन्। दुर्घटनामा संलग्न सवारीसाधनमध्ये सबैभन्दा बढी मोटरसाइकल रहेको डीएसपी नेपालले जानकारी दिए। उनका अनुसार, दुर्घटनामा २६ मोटरसाइकल, आठ स्कुटरसहित तेलको ट्यांकर र अटो रिक्सालगायत ६ अन्य सवारीसाधन संलग्न थिए।
डीएसपी नेपालका अनुसार जिल्लाका भित्री सडकखण्डमा सबैभन्दा बढी दुर्घटना भएको पाइएको छ। दुर्घटनाको मुख्य कारण तीव्र गति, सडकको अवस्था र चालकको लापरबाही रहेको उनको भनाइ छ। ट्राफिक नियम पालना नगरी सवारी चलाउँदा धेरै क्षति हुने गरेको उनले औँल्याए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
