‘जेनजी’ घटना जाँचबुझ आयोगका पदाधिकारीविरुद्ध सर्वोच्चमा रिट

भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीसहितका पदाधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ।

काठमाडौँ– गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा तथा विश्वेश्वरप्रसाद भण्डारीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ।

आयोगका अध्यक्ष कार्कीसहितलाई विपक्षी बनाई अधिवक्ता विपिन ढकालले आइतबार रिट निवेदन पेश गरेका हुन्। रिट निवेदनमा पदाधिकारीहरू निष्पक्ष छानबिन र विषयवस्तुबारे तटस्थ नरहेको जिकिर गरिएको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले आयोगविरुद्ध रिट निवेदन पेश भएको र उक्त निवेदन अध्ययनका क्रममा रहेको जानकारी दिए।

‘जेनजी’ प्रदर्शनपछि भएको जनधनको क्षतिबारे जाँचबुझ गर्न सरकारले विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो।