तोलामा २ हजारले घट्यो सुन

आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

काठमाडाैँ– स्थानीय बजारमा सुन चाँदीको मूल्य घटेको छ।

आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेर दुई लाख ३९ हजार ९०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले घटेर दुई हजार ९८० रहेको छ।

आइतबार नेपाली बजारमा सुन प्रतितोला दुई लाख ४१ हजार ९०० र चाँदी तीन हजार १५ रुपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस चार हजार ७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।