महाशाखाले हिमपात र वर्षाले दैनिक जीवनसहित पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पार्ने भएकाले सर्वसाधारण एवं सरोकारवाला निकायलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिन गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। महाशाखाले सोमबार दिउँसो ‘पोस्ट मनसुन विशेष मौसम बुलेटिन जारी’ गर्दै देशका विभिन्न भू–भागमा हल्कादेखि मध्यम हिमपात र वर्षाको सम्भावना रहेको जानकारी दिएको हो।
महाशाखाका अनुसार, हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। जसका कारण सोमबार रातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानमा हल्का वर्षा वा हिमपात हुने अनुमान छ। साथै, गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भू–भागमा एक-दुई स्थानमा भारी हिमपात हुने सम्भावना छ।
महाशाखाले हिमपात र वर्षाले दैनिक जीवनसहित पर्वतारोहण, कृषि र पर्यटन क्षेत्रमा असर पार्ने भएकाले सर्वसाधारण एवं सम्बन्धित निकायहरूलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
