शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरू भएको चार दिने छठ पर्वको सोमबार षष्ठी तिथिको साँझ मुख्य पूजा सम्पन्न भएको हो।
महोत्तरी– अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै छठ पर्व मनाइएको छ। मिथिलाका सबै घाटहरूमा बर्तालुहरूले प्रसाद र पूजा सामग्रीसहित दिनभर सपरिवार सूर्यको आराधना गर्दै अर्घ्य अर्पण गरी छठ पर्व मनाएका हुन्।
शनिबार चतुर्थी तिथिदेखि धार्मिक विधिपूर्वक शुरू भएको चार दिने छठ पर्वको सोमबार षष्ठी तिथिको साँझ मुख्य पूजा सम्पन्न भएको हो।
छठ पर्व मनाउनका लागि सम्पूर्ण मिथिलावासी आज आआफ्ना घरमा गुलियो परिकार—ठकुवा, भुसवा, खजुरीया, पेरुकिया—जस्ता पकवान र विभिन्न फलफूल तयार पार्छन्।
मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा जस्ता सामग्रीहरूलाई नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ढकिया मा राखी परिवारका सम्पूर्ण सदस्यहरू विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाट पुगेका थिए।
सत्य, अहिंसाप्रति मानवको रुचि बढाउनु र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो। जलेश्वर नगरपालिका–१ स्थित जलेश्वरनाथ महादेवका पुजारी उपेन्द्र पाठकका अनुसार, सूर्य उपासना परम्पराको 'मोहक पद्धति' मानिने छठ संसारमा यही एक यस्तो पर्व हो जसमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ।
पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठ पर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको भीड लाग्ने गर्दछ।
यस पर्वको पहिलो दिन बर्तालुहरूले 'नहाए खाए' (नुहाएर खाने) विधि गर्दछन्। दोस्रो दिन खरना मनाइएको थियो। खरनाका दिन व्रतीहरूले दिनभर उपवास (निराहार) बसेर राति छठ देवतालाई आगमनको निम्तो दिँदै कुल देवताको पूजा गरेका थिए। त्यसपछि राति 'अरबा अरबाईन' (नुनबिनाको) खानेकुरा खाएका थिए।
यस पर्वलाई बर्तालुहरूले भोलि मंगलबार एकाबिहानै पुनः छठ घाटमा पुगी जलाशयमा पसेर उदाउँदो सूर्यलाई अर्घ्य दिई छठ पर्व सम्पन्न गर्नेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
