बृहत् वाम एकताका लागि माओवादी केन्द्रले गठन गर्‍यो कार्यदल

माओवादी केन्द्रले बृहत् वाम एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा कार्यदल गठन गरेको छ।

काठमाडौँ– सत्तारूढ दल नेकपा माओवादी केन्द्रले बृहत् वाम एकताका लागि पाँच सदस्यीय कार्यदल बनाएको छ।

माओवादी केन्द्रको शनिबार बसेको केन्द्रीय कार्यालयको बैठकले उपाध्यक्ष एवं पार्टी प्रवक्ता कृष्णबहादुर महराको संयोजकत्वमा एक कार्यदल गठन गरेको हो।

कार्यदलको सदस्यमा महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत रहेका छन्।

त्यस्तै, बैठकले प्रतिनिधिसभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता महराले जानकारी दिए।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा गठित सरकारका यही पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिँदै छ।