अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन्।
भोजपुर– उत्तरीबाट भोजपुर र संखुवासभालाई जोड्ने सतिघाटस्थित अरुण नदीको फेरी सेवा ६ महिनापछि सञ्चालनमा आएको छ। वर्षात्का कारण गत जेठदेखि बन्द रहेको फेरी सोमबारदेखि सञ्चालनमा ल्याइएको हो।
अरुण नदीमा पक्की पुल नहुँदा यहाँका बासिन्दा फेरीकै भरमा सवारीसाधन तथा दैनिक उपभोग्य वस्तु ढुवानी गर्दै आएका छन्। नदीमा पानीको बहाव तीव्र भएपछि फेरी बन्द गरिएको थियो।
फेरी सञ्चालन नहुँदा जिल्लाको उत्तरी क्षेत्रका यात्रु र स्थानीयलले आवतजावतमा ठूलो कठिनाइ भोग्दै आएका थिए। फेरी पुनः सञ्चालनमा आएसँगै षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकाका बासिन्दालाई सहजता भएको स्थानीय दीपेन्द्र श्रेष्ठले बताए।
फेरी बन्द रहेका बेला स्थानीयले झोलुंगे पुलमार्फत पिठ्यूँमा बोकेर खाद्यसामग्री तथा आवश्यक वस्तु ओसार्न बाध्य थिए। २०७६ सालदेखि सञ्चालनमा आएको फेरी हालसम्म उत्तरी क्षेत्रका लागि प्रमुख यातायात पार गर्ने माध्यम बनेको छ।
“फेरी सञ्चालनमा आउँदा निकै सहज भएको छ,” श्रेष्ठले भने, “फेरी नचल्दा हाम्रो दैनिकी निकै कष्टकर हुन्थ्यो। यहाँ पक्की पुल बने सधैँका लागि समस्या अन्त्य हुने थियो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
