न्यूनतम साझा कार्यक्रम निर्माण कार्यदलले सरकार सञ्चालन उच्चस्तरीय संयन्त्रका संयोजक एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ।
काठमाडौँ– सरकारको न्यूनतम साझा कार्यक्रम निर्माण कार्यदलले प्रतिवेदन बुझाएको छ। कार्यदलले शनिबार प्रधानमन्त्रीको सरकारी निवासमा बालुवाटारमा सरकार सञ्चालन उच्चस्तरीय संयन्त्रका संयोजक एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको हो।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'को उपस्थितिमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री एवं कार्यदलका संयोजक विष्णुप्रसाद पौडेल एमाले अध्यक्ष ओलीलाई प्रतिवेदन बुझाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सबै क्षेत्रलाई समेटेर जनतालाई परिवर्तनको प्रत्यक्ष आभास दिलाउने, विकासको अनुभूति दिने गरी न्यूनतम साझा कार्यक्रम ल्याइएको कार्यदलले जनाएको छ।
न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई टुङ्ग्याउन शनिबार सत्तारूढ दलहरूका शीर्ष नेताहरूको बैठक बसेको थियो। बैठकमा प्रधानमन्त्री दाहाल, एमाले अध्यक्ष ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सहभागी थिए।
पुस १४ गते बसेको सत्तासाझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम ल्याउन अर्थमन्त्री पौडेलको नेतृत्वमा कार्यदल गठन गरेको थियो। कार्यदलमा नेकपा माओवादी केन्द्रबाट वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीबाट मुकुल ढकाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धवल शमशेर राणा र जनता समाजवादी पार्टी, नेपालबाट रकम चेम्जोङ छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
