लगातार तेस्रो दिन पनि घट्यो सुनको मूल्य

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

काठमाडौँ– अन्तर्राष्ट्रिय बजारमा भाउ घटेसँगै नेपाली बजारमा पनि पछिल्लो तीन दिनयता सुनको मूल्यमा निरन्तर गिरावट देखिएको छ।

गत आइतबार एकैदिन प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा २ हजार रुपैयाँले घटेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज फेरि प्रतितोला २ हजार ९०० रुपैयाँ घटेर २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी चाँदी प्रतितोला ६० रुपैयाँले घटेको छ। चाँदी २ हजार ९२० रुपैयाँमा किनबेच भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ९७५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।