स्वतन्त्र व्यापार सम्झौताको यस विस्तारित संस्करणले गैर–कर अवरोधहरू घटाउने र साना व्यवसायका लागि बजार पहुँच सुधार्ने अपेक्षा छ।
चीनले दक्षिणपूर्वी एशियाली राष्ट्रहरूको संगठन (आसियान)सँग स्वतन्त्र व्यापार सम्झौताको विस्तारित संस्करणमा हस्ताक्षर गरेको छ। मंगलबार सम्झौतामा हस्ताक्षर गर्दै चीनले आफूलाई अमेरिकी संरक्षणवादी नीतिको विकल्पका रूपमा प्रस्तुत गरेको छ।
चिनियाँ प्रधानमन्त्री ली किआङले आसियान–चीन शिखर सम्मेलनमा विश्वव्यापी आर्थिक अनिश्चितता पार गर्न घनिष्ठ सहकार्यको आवश्यकता औँल्याए। टकरावले कसैलाई फाइदा नहुने उनको भनाइ थियो। अमेरिकी आर्थिक जबरजस्ती र हस्तक्षेपको आलोचना गर्दै उनले क्षेत्रीय सहयोगले साझा हित सुरक्षित गर्न सक्ने धारणा प्रस्तुत गरे।
तर फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनप्रतिको सावधानीपूर्ण दृष्टिकोण अपनाउँदै सहयोग जबरजस्तीको साथमा हुन नसक्ने चेतावनी दिए।
नयाँ सम्झौता ‘आसियान–चीन स्वतन्त्र व्यापार क्षेत्र ३.०’ का रूपमा चिनिएको छ। यो सम्झौताले दुई अर्बभन्दा बढी जनसंख्या भएको बजारलाई जोड्नेछ। यसले सामानमा कर घटाउने, लगानी र सेवा प्रवाह सहज पार्ने र आपूर्ति शृंखला मजबुत बनाउने लक्ष्य राख्दछ।
अहिलेसम्म दुईतर्फी व्यापार सन् २०१० को दुई खर्ब ३५ अर्ब डलरबाट बढेर गत वर्ष झन्डै १० खर्ब डलर पुगेको छ। आसियान र चीन एक–अर्काका प्रमुख व्यापारिक साझेदार हुन्।
राजनीतिक विश्लेषक ब्रिजेट वेल्सका अनुसार अद्यावधिक सम्झौताले आपूर्ति शृंखला र दिगोपनमा क्षेत्रीय लाभ पुर्याउनेछ। “यो सम्झौताले विश्वव्यापी वास्तविकतालाई पनि प्रतिबिम्बित गर्छ, जहाँ गैर–अमेरिकी देशहरू आफ्नो समृद्धिका लागि नयाँ व्यापार सहकार्यतर्फ उन्मुख छन्,” उनी भन्छन्।
मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आसियानको सन्तुलित नीति दोहोर्याएका छन्। उनले भनेका छन्, “हामी हिजो अमेरिकाका राष्ट्रपति ट्रम्पसँग थियौँ, आज चीनसँग छलफल गर्दैछौँ—यसले आसियानको केन्द्रीय भूमिका र सन्तुलित कूटनीति देखाउँछ।”
आसियान–चीन स्वतन्त्र व्यापार क्षेत्र ३.० अन्तर्गत डिजिटल व्यापार, हरित अर्थतन्त्र, दिगोपन र साना–मध्यम उद्योगहरूको प्रवर्द्धनमा जोड दिइनेछ। यसले गैर–कर अवरोधहरू घटाउने र साना व्यवसायका लागि बजार पहुँच सुधार्नेछ। (रासस/एपी)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
