प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ।
काठमाडौँ– प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ। मौसममा आएको खराबीका कारण 'भिजिबिलिटी' (दृश्यता) कमजोर हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडान केही ढिला भएका छन्।
अहिले अन्तर्राष्ट्रिय उडानहरू केही समयदेखि आकाशमै 'होल्ड'मा रहेका छन्। हिमाली क्षेत्रतर्फ लुक्लाको तेञ्जिङ हिलारी र हुम्लाको सिमिकोटलगायतका विमानस्थलमा उडान सामान्य प्रभावित भएको बताइएको छ।
विमानस्थलका महाप्रबन्धक हंसराज पाण्डेका अनुसार, प्रतिकूल मौसमका कारण अहिले विमानस्थलमा इन्स्टुमेन्ट फ्लाइट रुल्स (आईएफआर) उडान मात्रै भइरहेको छ। केही उडान डिले भए पनि रद्द नै गर्नुपर्ने अवस्था नभएको उनले बताए। निश्चित हवाई रुट (आईएफआर) मार्फत मात्रै उडान भइरहेकाले उडानमा सामान्य चाप बढेको छ।
हाल देशमा पश्चिमी वायुका साथै अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, यस प्रणालीको प्रभावले गएरातिदेखि बुधबार बिहानसम्म गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ। यसै प्रभावका कारण काठमाडौँ उपत्यकाको आकाशमा पनि बिहानदेखि बद्ली रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
