सरकारले राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार छलफल गर्ने भएको छ।
काठमाडौँ– निर्वाचनको वातावरण बनाउन सम्बद्ध पक्षहरूसँग वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपराह्न ४ बजे सरकारले त्रिपक्षीय बैठक बोलाइएको हो। बैठकमा सरकार, राजनीतिक दल र जेनजी समूहबीच छलफल हुनेछ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन सो संयुक्त बैठक आयोजना गरिएको बताए। उनले निर्वाचन सफल बनाउन राजनीतिक दल र सम्बद्ध पक्षसँग चरणबद्ध संवादहरू भइरहेको जानकारी दिए।
यसअघि कात्तिक ४ गते प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा आवश्यक वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्नेगरी सबै पक्ष सकारात्मक भएका थिए।
लामो समयपछि भएको औपचारिक राजनीतिक संवादले निर्वाचनको माहोल बनाएको सम्बद्ध पक्षको भनाइ छ। यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए।
निर्वाचनको तयारीस्वरूप सरकारले सबैखाले काम अगाडि बढाएको मन्त्री खरेलले बताए। सरकारले निर्वाचन आयोगसँग पनि विभिन्न चरणमा छलफल गरी निर्वाचनको वातावरण तयार पार्न ताकेता गरिरहेको छ। सोहीबमोजिम आयोग निर्वाचनको आवश्यक तयारीमा जुटिसकेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
