जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात हुनेछ।
काठमाडौँ– कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, कोशी र बागमतीका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपात हुनेछ।
उक्त अवधिमा बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरूमा पानीको बहाब उल्लेख्य बढ्ने छ। ती क्षेत्रमा बहाव सतर्कता तह आसपास पुग्न सक्ने देखिएको विभागको पूर्वानुमान छ। साथै कोशी, बागमती र मधेशका महाभारत, चुरे भई बहने स–साना नदीनालामा आकस्मिक बहाव हुनसक्ने सम्भावना पनि रहेको छ।
बागमतीको काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेशको बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशीको संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको छ।
सम्भावित वर्षा र हिमपातको कारणले नदीनालामा आकस्मिक बहाव, पहिरोलगायत जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायत क्षेत्रहरूमा प्रभाव पर्न सक्ने सम्भावना रहेको छ।
विभागका अनुसार बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ भारतको आन्द्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ। यसपछि चक्रवातको प्रभाव कमजोर हुँदै उत्तर–पश्चिमतर्फ सर्दै न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भूभाग नजिक आई पूर्वतर्फ सर्ने विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
