सगरमाथा आधार शिविर नजिकै हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको हो।
काठमाडौँ– सोलुखुम्बुको लोबुचेमा अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटना भएको छ।
बुधबार बिहान सगरमाथा आधार शिविर नजिकै हेलिप्याडमा अवतरण गर्ने क्रममा चिप्लिएर हेलिकप्टर दुर्घटना भएको सोलुखुम्बुकी प्रमुख जिल्ला अधिकारी लीलाकुमारी केसी पाण्डेले जानकारी दिइन्।
उनका अनुसार, हेलिकप्टरका पाइलट विवेक खड्का सकुशल रहेका छन्। हेलिकप्टरमा यात्रु भने थिएनन्।
पाइलट खड्कालाई कैलाश एयरको हेलिकप्टरमार्फत लुक्ला ल्याइएको सोलुखुम्बुका डीएसपी मनोजित कुँवरले जानकारी दिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
