वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या

मंगलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरू समस्यामा परेको विभागले जनाएको छ।

वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणालीमा समस्या
फाइल तस्वीर

काठमाडौँ– वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणाली (एफपीआइएमएस) मा समस्या आएपछि श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई सास्ती भएको छ।

मंगलबारदेखि उक्त प्रणालीमा समस्या आएपछि विभाग बाहिरबाट श्रम स्वीकृतिका लागि आवेदन दिनेहरूलाई समस्या उत्पन्न भएको विभागका सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए। 

“एफपीआइएमएसमा समस्या आएकाले बाहिरबाट आवेदन दिने सेवाग्राहीलाई थप सास्ती भएको छ। अति जरुरी श्रम स्वीकृतिका लागि विभागमा आएकालाई हाम्रो अर्को प्रणालीबाट सेवा दिइरहेका छौँ,” उनले भने।

त्यसैगरी, वेबसाइटमा देखिएको समस्या मंगलबारदेखि समाधान भएको विभागले जनाएको छ। एफपीआइएमएसमा समस्या देखिएपछि अहिले प्राविधिक समूहले जाँच गरिरहेको सूचना अधिकारी ढकालले बताए।