आज शेयरबजार ५.१७ अंकले घटेर २,५६६.१६ को बिन्दुमा कायम भएको हो।
काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा आज सामान्य अंकको गिरावट आएको छ। परिसूचक आज ५.१७ अंकले घटेर २,५६६.१६ को बिन्दुमा कायम भएको हो।
आज ३२१ कम्पनीको एक करोड १५ लाख एक हजार २८४ कित्ता शेयर ५० हजार ४८७ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ४५ करोड ९७ लाख ६७ हजार ६८१ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
आजको कारोबारमा होटल तथा पर्यटन समूह २.१५, जलविद्युत् ०.०१, लघुवित्त ०.१३ र व्यापार समूह २ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ ०.३४, विकास बैंक ०.९१, वित्त ०.७७, लगानी ०.१७, जीवन बिमा ०.६४, उत्पादन तथा प्रशोधन ०.२८, म्युचुअल फन्ड ०.०८, निर्जीवन बिमा ०.१९ र अन्य समूह १.२० प्रतिशतले घटेको छ।
आजको कारोबारमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा बढी ज्योति विकास बैंक बण्ड–२०८७ को शेयर मूल्य ५.६६ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी युनियन हाइड्रोपावर लिमिटेडको २३ करोड ६५ लाख २९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, कारोबार भएका शेयर संख्याका आधारमा प्रभु बैंक लिमिटेडको छ लाख १४ हजार ५९ कित्ता शेयर किनबेच भएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
