भारत जाने क्रममा तुइनबाट महाकाली नदीमा खस्दा व्यास गाउँपालिका–४ डोकटका १० वर्षीय दीपेन्द्र विष्ट बेपत्ता भएका छन्।
दार्चुला– व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर बालक बेपत्ता भएका छन्।
व्यासबाट भारत जाने क्रममा तुइनबाट महाकाली नदीमा खस्दा डोकटका १० वर्षीय दीपेन्द्र विष्ट बेपत्ता भएको भएको स्थानीय दीपक खातीले जानकारी दिए। प्रहरी चौकी सुन्सेराबाट वरिष्ठ प्रहरी सहायक निरीक्षक भरत अधिकारी नेतृत्वको टोली बालकको खोजीमा खटिएको छ।
बालक बिहीबार दिउँसो नै बेपत्ता भए पनि खबर ढिलो प्राप्त भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक गोविन्द भण्डारीले बताए। उनका अनुसार बालक भारततिर खर काट्न गएकी आमाको पछिपछि गएका थिए। व्यास क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटनाबारे शनिबारमात्र जानकारी भएको व्यास गाउँपालिकाका प्रवक्ता नरेन्द्र भट्टले बताए।
बेपत्ता दीपेन्द्र ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत छन्। डोकडका स्थानीयवासी खर काट्न भारततिर जाने चलन रहेको र सय मिटरमाथि झोलुंगे पुल भए पनि सजिलोका लागि स्थानीयवासीले त्यस क्षेत्रमा तुइन हाल्ने गरेका छन्। तुइन काट्ने डरले स्थानीयवासीले घटना बाहिर नल्याएको हुनसक्ने भट्टको भनाइ छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
