कपिलवस्तुमा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, ५ घाइते

प्रहरीका अहनुसार, बस एक पैदलयात्रीलाई ठक्कर दिएर सडकमा पल्टिएको थियो। ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।

काठमाडौँ– कपिलवस्तुको शिवराज नगरपालिका–१, बनकसबासस्थित पूर्व–पश्चिम राजमार्गमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। पाँच जना घाइते भएका छन्।

काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको बा.प्र.०१–००६ ख ८५०६ नं.को यात्रुवाहक बस बुधबार राति दुर्घटना भएको प्रहरीले जनाएको छ। 

प्रहरीका अहनुसार, बस एक पैदलयात्रीलाई ठक्कर दिएर सडकमा पल्टिएको थियो। बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। उनको नाम र ठेगाना खुल्न बाँकी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। 

अन्य घाइतेको चन्द्रौटास्थित सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ।