बेमौसमी वर्षा : दाउन्नेमा सडक अवरुद्ध

वर्षाका कारण विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डको विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको हो।

बेमौसमी वर्षा : दाउन्नेमा सडक अवरुद्ध
फाइल तस्वीर

नवलपुर– पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकको दाउन्ने खण्ड अवरुद्ध भएको छ। 

सडक मर्मतका लागि एकतर्फी बनाइएको यो सडक बिहीबार बिहानदेखि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मधु नेपालले बताए। 

वर्षाले दाउन्ने खण्डको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित विश्वकर्मा मन्दिर र घ्युखोलामा सडक अवरुद्ध भएको हो। 

“बिहानैदेखि परेको पानीका कारण बाटो हिलो र चिप्लो हुँदा सवारीसाधन पश्चिमतर्फ जान सकेका छैनन्। दाउन्ने खण्डमा मालवाहक सवारीसाधन उकालो चढ्न नसकेपछि यस खण्डमा जाम हुन नदिन प्रहरी खटिएका छन्,” उनले भने।