पेरेजका पति शिकार खेल्न जंगलतिर थिए, घरमा उनी एक्लै। प्रसव पीडा असह्य भएपछि रक्सीको केही घुट पिइन् र भान्छाबाट चक्कु उठाइन्।
काठमाडौँ– प्रसव पीडा निकै असह्य हुन्छ। भनिन्छ, हड्डी भाँचिए बराबरको दुखाइ हुन्छ प्रसव पीडा (सुत्केरी व्यथा)मा। कति महिलाले यही पीडा सहन नसकेर ज्यानसमेत गुमाउँछन्।
तर आजभन्दा २५ वर्षअघि मेक्सिकोकी एक महिलाको आँटले विश्वभर चर्चा बटुल्यो। प्रसव पीडा सहन नसकेर ती महिला आफैंले भान्छामा प्रयोग हुने चक्कुले आफ्नो पेट चिरिन् र एक स्वस्थ बालकलाई जन्म दिइन्।
सन् २००० को मार्चमा मेक्सिकोको सिएरा मिक्सटेकाकी ४४ वर्षीया इनेस रामिरेज पेरेजले आठौँ सन्तानलाई जन्माउन आफ्नै पेटमा चक्कु चलाएकी थिइन्। गर्भावस्थाको आठौं महिना चलिरहेको थियो। उनका पति शिकार खेल्न जंगलतिर गएका थिए, घरमा उनी एक्लै।
उनको घरबाट दिनभर हिँडेर बल्ल अस्पताल पुगिन्थ्यो। एकान्त ग्रामीण भेगको घरमा उनी प्रसव पीडाले छटपटाइरहेकी थिइन्। गर्भाशयमै बच्चा मर्ने पो हो कि भन्ने डर थियो मनमा। किनकी अघिल्लो पटक त्यस्तै भएको थियो।
उनले रक्सीको केही घुट पिइन् र भान्छाबाट जनावरको मासु काट्न प्रयोग हुने चक्कु उठाइन्। काठको बेन्चमा बसेर उनले आफ्नै पेट चिर्न थालिन्। प्रक्रिया पूरा गर्न लगभग एक घण्टा लाग्यो, त्यसपछि उनी बेहोस भइन्।

उनका काकाकी छोरी र स्थानीय स्वास्थ्य सहायकले उनलाई भेट्टाएर कपडा सिलाउने सुई–धागोले पेट सिलाइदिए। पेरेजलाई तरल पदार्थ दिइयो, त्यसपछि पिकअप ट्रकको पछाडि लोड गरेर अस्पताल लगियो। पेट चिरेको १२ घण्टाभन्दा बढी समयपछि, पेरेज र उनको बच्चा हुइक्स्टेपेक अस्पताल आइपुगे जहाँ उनको जाँच गरियो र घाउलाई पुनः राम्रोसँग सिलाइयो।
समाचार एजेन्सी एसोसियटेड प्रेस (एपी)सँगको कुराकानीमा हुइक्स्टेपेक अस्पतालका डाक्टर ओनोरियो गाल्भानले अन्य अंगमा कुनै ठूलो क्षति नपुर्याइ आफैंले शल्यक्रिया गर्नसक्नु आश्चर्यको कुरा भएको बताएका थिए।
“कुनै पनि महत्त्वपूर्ण अंगलाई क्षति नपुर्याई उनले आफैं शल्यक्रिया गर्नु एउटा चमत्कार हो,” उनले भनेका थिए, “आफैंमा सिजेरियन सेक्सन गर्ने र बाँच्ने पहिलो रेकर्ड गरिएको केस हो यो।”
तर पेरेज न पढेलेखेकी थिइन्, न त स्वास्थ्य स्वयंसेविकाको अनुभव नै। कसरी सम्भव गरिन् त उनले उक्त शल्यक्रिया?
एपीसँगको कुराकानीमा ती डाक्टरले भनेका छन्, “यो सम्भव बनाउने एउटा कुरा भनेको त्यो समयमा उनको मनस्थिति थियो। पछि, जब मैले उनलाई सोधें, उनले मलाई भनिन् कि उनले बाख्राहरूको शल्यक्रिया कसरी गरिएको थियो भनेर देखेकी थिइन् र यसले उनलाई कसरी आफूलाई काट्ने भनेर मार्गदर्शन गरेको थियो।”
घटनाको चार वर्षपछि टेलिग्राफसँगको कुराकानीमा पेरेजले त्यो दिनको स्मरण गर्दै आफूले तीन पटक चक्कु चलाएको बताएकी थिइन्।
“मैले चक्कु यहाँ राखें, त्यसपछि माथि तानें,” उनले आफ्नो तल्लो पेटतिर देखाउँदै भनिन्, “एक पटक पर्याप्त थिएन। मैले फेरि त्यसो गरें। म भयानक पीडामा रोइरहेकी थिएँ, चिच्याइरहेकी थिएँ। त्यसपछि मैले उसको (बच्चा) खुट्टा समाएर बाहिर निकालें। ऊ तुरुन्तै रोयो।”
पेरेजले गरेको शल्यक्रियामाथि विभिन्न अनुसन्धानमूलक लेखहरू छापिएका छन्। स्त्री रोग तथा प्रसूति विज्ञानको अन्तर्राष्ट्रिय जर्नलमा छापिएको एक लेखमा भनिएको छ, “आफ्नो सन्तानलाई जोगाउन असामान्य र असाधारण उपायहरूले कहिलेकाहीं महिलाहरूलाई आफ्नै जीवन जोखिममा पार्ने चरम निर्णयहरूमा पुर्याउँछ।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
