आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बिहीबारको खेलमा नेपाल घरेलु टोली यूएईसँग ५ विकेटले पराजित भएको छ।
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) सँग ५ विकेटले पराजित भएको छ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा नेपालले जारी प्रतियोगितामा दोस्रो पराजय भोगेको हो। नेपाल यसअघि आइतबार भएको खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो। नेपालले अब शनिबार अमेरिका र बुधबार यूएईसँग पुन: खेल्ने छ।
नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमै पूरा गर्यो। यूएईले ३९ बल बाँकी रहँदै लक्ष्य भेट्टायो। यूएईका आर्यान्श शर्माले ९८ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ९८ रन बनाए।
त्यस्तै, अलिशान शराफुले २६ बलमा ६ चौका र ३ छक्कासहित ४५ रन को आक्रामक योगदान दिए। अन्य ब्याट्सम्यानहरूमा मुहमम्द वाशीमले २६, ध्रुव परशारले १६, राहुल चोपराले १५, हर्शित कौशिकले १३ र जहिद अलीले ११ रन जोडे।
नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले २ विकेट लिए भने करण केसी र दीपेन्द्रसिंह ऐरीले समान १/१ विकेट हात पारे।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २३३ रनको योगफल बनायो। नेपालका लागि कप्तान रोहित पौडेलले १३० बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक १०९ रनको शतकीय इनिङ्स खेले। आसिफ शेखले ३५, आरिफ शेखले २७, दीपेन्द्रसिंह ऐरीले २३ र करण केसीले १३ रनको योगदान दिए।
यूएईका लागि बलिङमा जाहिद अलीले सर्वाधिक ४ विकेट लिए। जुनैद सिद्धिकीले ३ तथा मोहम्मद रोहिद र हैदर अलीले समान १/१ विकेट हात पारे।
अंक तालिकामा १८ खेलबाट १२ अंक जोडेको नेपाल सातौँ स्थानमा छ। यस जितका बाबजुद, समान १८ खेलबाट ८ अंकका साथ यूएई भने अन्तिम (आठौँ) स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
