मकालु गाउँपालिका–२ स्थित मकालु आधार शिविर पुगेका एक इटालियन नागरिक प्रतिकूल मौसम र हिमपातका कारण अलपत्र परेका छन्।
संखुवासभा– मकालु गाउँपालिका–२ स्थित मकालु आधार शिविर पुगेका एक इटालियन नागरिक प्रतिकूल मौसम र हिमपातका कारण अलपत्र परेका छन्। मकालु आधार शिविरभन्दा केही माथि पुगेका इटालियन नागरिक जेसस मार्टिनेज नोभास अलपत्र परेका हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीका अनुसार, लगातारको वर्षा र हिमपातका कारण करिब पाँच हजार ७०० मिटरको उचाइमा रहेका नोभासको मंगलबारदेखि उद्धार हुन सकेको छैन।
संखुवासभाको उच्च हिमाली भेगमा मंगलबारदेखि निरन्तर वर्षा र हिमपात जारी छ। उनले नोभासको उद्धारको पहल भइरहेको बताए। प्रहरी नायब उपरीक्षक मैनालीले थपे, “उद्धारका लागि हेलिकप्टर माग गरेका छौँ, तर प्रतिकूल मौसमले कठिनाइ भइरहेको छ।"
यसैबीच, लगातारको वर्षा र उच्च हिमाली भेगमा भइरहेको हिमपातका कारण चार हजार मिटरभन्दा माथिको क्षेत्रमा पदयात्रा नगर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
