यस्तो रहनेछ शुक्रबारको मौसम

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातको सम्भावना छ।

काठमाडौँ– मोन्था चक्रवातको प्रभावका कारण देशका विभिन्न भूभागमा वर्षा भइरहेको छ। 

दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीमा पूर्ण बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।

कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागमा हल्का वर्षा हुने विभागले जनाएको छ। कोशी, मधेश र बागमतीका थोरै तथा लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागमा हिमपातसमेत हुनेछ। 

कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भूभागमा भारी हिमपातको सम्भावना छ। कोशी कोशी र मधेशका थोरै तथा बागमतीका एक-दुई स्थानमा राति पनि भारी वर्षा हुनेछ।

बंगालको खाडीमा विकसित भएको चक्रवात मोन्था हाल भारतको मध्य प्रदेश आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रहेको र सो प्रणालीको कारण नेपालको मौसम पनि प्रभावित भएको विभागले जनाएको छ। 

शुक्रबार साँझसम्म प्रभावित हुने तत्पश्चात् मौसममा क्रमिक रूपमा सुधार हुने सम्भावना छ। साथै नेपालमा पश्चिमी वायु र अरब सागरमा बनेको न्यूनचापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको छ।