चितवनमा बस दुर्घटना, ३३ जना घाइते

घाइतेहरूमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेसनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।

चितवन– गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुर्घटना हुँदा ३३ जना घाइते भएका छन्। 

जिल्लास्थित सशस्त्र प्रहरी बल कार्यालयका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेको उद्धार गरी चितवन मेडिकल कलेज, नेसनल सिटी अस्पताल र भरतपुर अस्पताल पुर्‍याइएको छ। घाइते सबैको अवस्था सामान्य छ। 

चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा पाँच जनाको उपचार भइरहेको छ।

शुक्रबार बिहान दुई बजेतिर सडकमा पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौँतर्फ जाँदै गरेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको बस ठोक्किएको थियो। सोही बसमा जनकपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बा. प्र.०३०० ख ३९०२ नम्बरको बससमेत ठोक्किएको थियो।

दुर्घटनाका कारण केही समय अवरुद्ध भएको सडक बिहानदेखि सञ्चालनमा आएको उनले बताए।