बीपी राजमार्गका विभिन्न स्थानमा पहिरो, यातायात अवरुद्ध

पानी निरन्तर परिरहेकाले अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने प्रहरीले जनाएको छ।

काठमाडौँ– बीपी राजमार्गको नेपालथोक–चौकिडाँडा खण्डमा अस्थायी सडक डाइभर्सनका केही स्थानमा पहिरो खसेपछि यातायात अवरुद्ध भएको छ। 

मंगलटार प्रहरी चौकीका अनुसार नेपालथोकमा बिहीबार साँझदेखि नै गाडी रोकिएका छन्। सम्भावित जोखिमलाई ध्यानमा राखी गाडी रोकिएको हो।

प्रहरीका अनुसार, रोशीखोला किनारमा बनाइएका डाइभर्सनमा भने क्षति भएको छैन, तर केही स्थानमा माटो र ढुंगासहितको पहिरो खसेको छ। 

राजमार्गअन्तर्गत काभ्रेका चौकीडाँडा, चार सय बेँसी, डालाबेँसी, बिरुवा डाँडा कोक्सीकुना, नार्केलगायत स्थानमा पहिरो तथा लेदो खसेर सडक अवरोध भएको छ। 

पानी निरन्तर परिरहेकाले अवरोध हटाएर सडक सञ्चालन गर्न समय लाग्ने प्रहरीले जनाएको छ। 

स्थानीय प्रशासनले यात्रु तथा चालकलाई अनावश्यक जोखिम नलिन र मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्नसमेत अनुरोध गरेको छ।