मेची राजमार्गको इलाम–राजदुवाली खण्ड अवरुद्ध

मेची राजमार्गको वैकल्पिक सडकका रूपमा सञ्चालन भएको तिल्केनी–सिमलगोलाई–शिलपुर सडक पनि वर्षा र पहिरोका कारण अवरुद्ध भएको छ।

फिक्कल– वर्षाका कारण मेची राजमार्गअन्तर्गत इलाम–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ।

विभिन्न स्थानमा सडक भासिएकाले उक्त खण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रूपमा रोक छ।

मेची राजमार्गको वैकल्पिक सडकका रूपमा सञ्चालन भएको तिल्केनी–सिमलगोलाई–शिलपुर सडक पनि वर्षा र पहिरोका कारण अवरुद्ध भएको छ। इलाम सदरमुकामबाट झापा जोड्न सबै सडक अवरुद्ध भएका छन्। 

मेची कोरिडोरको बेलासेस्थित माइखोलाको पक्की पुल भाँचिएपछि असोज १८ गतेदेखि नै सो सडक बन्द छ।