तोलामा २ हजार ७०० रुपैयाँले बढ्यो सुन

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।

काठमाडौँ– सुनको मूल्य प्रतितोला २ हजार ७०० रुपैयाँले बढेको छ।

बिहीबार प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज २ लाख ३९ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै, चाँदीको मूल्य तोलामा ८० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ९९५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ।