जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।
मुस्ताङ– अविरल वर्षासँगै राष्ट्रिय गौरवको जोमसोम–कोरला सडकखण्डको विभिन्न स्थानमा पहिरोले क्षति पुर्याएको छ।
जोमसोमदेखि कागबेनी र कागबेनीदेखि छुसाङसम्मको विभिन्न स्थानमा पहिरो खस्दा सडकमा यातायात सेवा अवरुद्ध बनेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।
जोमसोम–कागबेनी सडकअन्तर्गत जोमसोमदेखि कागबेनी जाने पाण्डा खोला नजिकको तीन स्थानमा पहिरोले सडक संरचनामा क्षति पुगेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिए।
उनका अनुसार जोमसोमदेखि दुई किलोमिटरमाथिको कालोपत्र सडक भासिएर जोखिम बढेको छ। निरन्तरको वर्षाले करिब २५ मिटर सडक भासिएको प्रमुख जिल्ला अधिकारी भुसालले बताए।
बिहीबार साँझ पाण्डा खोलाको बाढीले सडक संरचनामा क्षति पुर्याएको छ। यद्यपि सुरक्षा निकायले हाललाई कामचलाउ रूपमा भए पनि यातायात सञ्चालनमा ल्याएको उनको भनाइ छ ।
जोमसोम–कागबेनी सडकखण्डको चार स्थानमा सडक माथिबाट पहिरो खस्नेक्रम जारी रहेकाले कागबेनी जाने मुक्तिनाथ दर्शनार्थीलाई जोमसोममै रोकिएको छ। “माथि रोकिएका सवारी तथा यात्रुलाई एकतर्फी सडक खुलाएर भए पनि तल झार्ने प्रयास गरिरहेका छौँ,” उनले भने।
बाढीपहिरोले कागबेनी–छुसाङ सडकखण्डको आधा दर्जन स्थानको सडक अवरुद्ध छ। ताङ्वे–छुसाङबीचमा पर्ने खोलाको बाढीले कोरला सडकमा क्षति पुर्याएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ का अध्यक्ष विनोद गुरुङले जानकारी दिए। कागबेनी–कोरला सडक बिहीबार साँझदेखि पूर्ण रूपमा अवरुद्ध छ।
वर्षाका कारण सडक अवरुद्ध भएर अलपत्र १७ जना यात्रीलाई बारागुङ–३ स्थित ग्रीन ताङ्वे घरमा लगेर राखिएको छ। वर्षा रोकिएपछि उनीहरूलाई गाउँले बस्ती नजिक ल्याउने योजना रहेको बताए।
भासिएको सडक मर्मत गरी सञ्चालनमा ल्याउन दुई/तीन दिन लाग्नसक्ने जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
