मर्स्याङ्दी गाउँपालिका-४ स्थित अक्टोपस झरनामा पानीको बहाव बढेको तथा जगत नजिकका विभिन्न स्थानमा सडकमाथिबाट ढुङ्गा खसिरहेकाले बेँसीसहर-चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
लमजुङ– केही दिनयताको वर्षाले लमजुङ र मनाङ जोड्ने एउटै मात्र बेँसीसहर-चामे सडक ठप्प पारेको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार, सडकअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४ स्थित अक्टोपस झरनामा पानीको बहाव बढेको र जगत नजिक विभिन्न स्थानमा सडकमाथिबाट ढुंगा खसिरहेकाले शुक्रबार दिउँसो २:३० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
प्रहरी कार्यालयका सूचना अधिकारी अभिषेक पाण्डेले बताएअनुसार, निरन्तर वर्षाका कारण अक्टोपस झरना पार गरेर कुनै पनि सवारीसाधन चल्न सक्ने अवस्था छैन। जगतलगायत विभिन्न स्थानमा ढुंगा खस्ने क्रम नरोकिएकाले सवारी सञ्चालन ठप्प भएको हो।
पाण्डेले झरनाको पानी कम भएपछि र ढुंगा खस्न रोकिएपछि मात्रै सवारीसाधन सञ्चालनमा आउने जानकारी दिए। अहिले सो स्थानमा प्रहरी परिचालन गरिएको छ।
सडक ठप्प भएपछि बीचबाटोमै सवारीसाधन र यात्रुहरू अलपत्र परेका छन्। खासगरी, मनाङ घुम्न गएर फर्किने पर्यटकहरूको भीड रहेकाले उनीहरू र स्थानीयवासी दुवैलाई समस्या भएको छ।
यस सडकमा दर्जनौँ जिपसहित अन्य सवारीसाधन दैनिक सञ्चालनमा आउँछन्। प्रहरीका अनुसार, वर्षा नरोकिएकाले सडक तत्काल खुल्ने सम्भावना छैन। यातायात अवरुद्ध हुँदा लमजुङको उत्तरी भेगका स्थानीय र हिमाली जिल्ला मनाङवासीहरू प्रत्यक्ष मारमा परेका छन्।
कुल ६५ किलोमिटर लामो यो सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर क्षेत्रमा फैलिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
